राप्रपा छाड्नेको संख्या १९३ पुग्यो

लोकपथ
119
Shares

काठमाडौं । धवलशमशेर राणाको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गर्ने सदस्यहरूको संख्या १९३ पुगेको छ ।

बिहीबार दिउँसोसम्म राणासहित १८३ जनाले पार्टी छाडेको घोषणा गरेका थिए । त्यसपछि थप १० जनाले राजीनामा दिएपछि पार्टी परित्याग गर्नेहरूको संख्या १९३ पुगेको हो ।

पार्टी छाड्ने नयाँ सदस्यहरूमा केन्द्रीय सल्लाहकार समिति सदस्य राजकुमार जोशी, पूर्वकेन्द्रीय सदस्य मदन पोखरेल, अछाम जिल्ला उपाध्यक्ष तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय सदस्य राधा शाही र कास्की–पोखरा नगर समिति सदस्य मनिष शर्मा रहेका छन् ।

राणा पक्षले पार्टी नेतृत्वको कमजोरी र आत्मकेन्द्रित कार्यशैलीका कारण राप्रपाभित्रको सम्भावना कमजोर बन्दै गएको आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?