काठमाडौं । केही दिनदेखि एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । एक व्यक्तिले जोतिरहेको गोरु हिँड्न नसकेर बसेको भन्दै गोरुको मुख माटोले पुरेको भिडियो सार्वजनिक भएको थियो ।
सामाजिक सञ्जालमा यत्रतत्र भएको भिडियोका बारेमा मानिसहरुले आलोचना गरेपछि प्रहरीको नजर त्यसतर्फ गरेको थियो ।
गोरुमाथि गरिएको निर्दयी हर्कतपछि ती व्यक्तिमाथि कारबाही गर्नुपर्ने आवाज यत्रतत्र उठेको थियो ।
प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्यूठानको गौमुखी गाउँपालिका–१ का ३६ वर्षीय जालिराम थापामगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय प्यूठानले जालिरामलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । उनीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २९० बमोजिम पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नहुने कसुरमा मुद्दा दर्ता भइ जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया