काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ ।
पार्टीको केन्द्रीय अनुशासन समितिले आजका लागि बैठक आह्वान गरेको हो । बैठक दिउँसो १ बजे ललितपुरस्थित बीपी नगरमा रहेको पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय गरिएको छ ।
बैठकमा समितिका संयोजक तथा सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरिएको नेपाली कांग्रेसले जनाएको छ ।
बैठकमा पार्टीको अनुशासनसँग सम्बन्धित विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया