शिक्षा र कानुन समितिको बैठक बस्दै [कार्यसूचीसहित]

लोकपथ
49
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा उपसमिति गठन गर्ने र समितिको आन्तरिक कार्यविधि पारित गर्ने कार्यसूची रहेको जनाइएको छ ।

यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ९ बजेका लागि बोलाइएको छ । बैठकमा समितिको कार्यक्षेत्र र कार्यविधिसम्बन्धी विषयमा छलफल हुने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?