काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ ।
समितिका सचिव दिनेश थापामगरले विज्ञप्ति जारी गर्दै बैठक बिहीबारका लागि आह्वान गरिएको जानकारी दिएका हुन् ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा बस्नेछ । बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।
बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरीहरू तथा भावी कार्ययोजनाबारे छलफल हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया