काठमाडौं । प्रतिनिधि सभाको बैठक झण्डै एक साता पर सारिएको छ ।
सभामुख डोलप्रसाद अर्यालले आगामी जेठ २५ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएको सभालाई जानकारी गराएका हुन् ।
उनका अनुसार जेठ २५ गते बिहान ११ बजे प्रतिनिधि सभाको अर्को बैठक बस्नेछ ।
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को ‘नेपालले पनि भारतीय सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिपछि विपक्षी दलहरुले संसदमा विरोध जनाइरहेका छन् ।
निरन्तर विपक्षी दलहरुले विरोध जनाएपछि आज १ बजेका लागि बोलाइएको बैठक झण्डै २ घण्टापछि सुरु भएको थियो । तर विपक्षीहरुले प्रधानमन्त्रीले उक्त अभिव्यक्तिबारे थप जवाफ दिनुपर्ने माग अघि सारेपछि आइतबारपछिका बैठकहरु निरन्तर अवरोध हुँदै आइरहेको छ ।
विपक्षी दलहरुले प्रधानमन्त्रीले सदनमा आएर माफी माग्नुपर्ने अडान कायम गर्दैै संसदमा विरोध जनाइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया