काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले ‘छायाँ मन्त्रिपरिषद्’ गठन नगरेको स्पष्ट पारेका छन् ।
उनले कांग्रेस संसदीय दलको विधानअनुसार १८ वटा मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकिएको विषयलाई ‘छायाँ सरकार’ वा ‘छायाँ मन्त्रिपरिषद्’ भन्न नमिल्ने बताएका हुन् ।
आङ्देम्बेका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई समेटेर मन्त्रालयगत रूपमा जिम्मेवारी बाँडफाँट गरिएको हो । यसको उद्देश्य संसदीय गतिविधिलाई प्रभावकारी बनाउनु मात्रै रहेको उनले बताए ।
‘यो सरकारको विकल्पका रूपमा समानान्तर संरचना खडा गर्ने उद्देश्यले गरिएको होइन,’ आङ्देम्बेले भने ।
उनले विगतमा नेपाली राजनीतिमा ‘छायाँ सरकार’ भन्ने शब्दावली प्रयोग हुने गरेको स्मरण गराउँदै अहिले कांग्रेसले त्यस्तो कुनै संरचना निर्माण नगरेको स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया