काठमाडौं । संघीय संसद्मा प्रतिपक्षमा रहेका दलहरूको सर्वदलीय बैठक आज बस्ने भएको छ ।
नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मध्याह्न १२ बजे बैठक बस्न लागेको हो ।
संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा बैठक आयोजना गरिएको कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले जानकारी दिए ।
बैठकमा संसद्को आगामी कार्यसूची, समसामयिक राजनीतिक अवस्था तथा प्रतिपक्षी दलहरूको साझा रणनीतिबारे छलफल हुने बताइएको छ ।
संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने तथा विभिन्न राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन प्रतिपक्षी दलहरूबीच छलफल हुन लागेको कांग्रेसले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया