प्रधानमन्त्रीको अभिव्यक्तिप्रति हर्कको आपत्ति, भने– ‘नेपालको सीमा र भूगोलबारे अन्योल सिर्जना भयो’

लोकपथ
49
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीले संसदमा दिएको भनाइप्रति आपत्ति जनाएको छ ।

पार्टीका अध्यक्षहर्क साम्पाङले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले नेपालले भारतको भूमि धेरै स्थानमा मिचेको छ भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै त्यसलाई राष्ट्रहितविपरीत भएको बताएका छन् ।

विज्ञप्तिमा उक्त अभिव्यक्ति भारतलाई खुसी पार्ने उद्देश्यले आएको हुनसक्ने आशंका व्यक्त गरिएको छ। पार्टीले यसले नेपाल–भारत सीमा विवाद, विशेषगरी लिपुलेक र लिम्पियाधुरा सम्बन्धी नेपाली जनताको माग कमजोर बनाउन सक्ने दाबी गरेको छ ।

त्यसैगरी, प्रधानमन्त्रीको भनाइले अन्तर्राष्ट्रिय स्तरमा नेपालको सीमा र भौगोलिक अवस्थाबारे अन्योल सिर्जना गर्न सक्ने उल्लेख गर्दै पार्टीले आपत्ति जनाएको छ ।

पार्टीले सरकार सीमा सुरक्षामा पर्याप्त ध्यान नदिएको आरोप लगाउँदै नेपालको भौगोलिक अखण्डता र सीमा सुरक्षाप्रति सरकार गम्भीर नभएको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?