काठमाडौं । राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित भएको छ ।
आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा सभापति गगनकुमार थापा र सद्भावना पार्टीका तर्फबाट अध्यक्ष अनिल झाले हस्ताक्षर गरेका हुन् ।
गत फागुन २१ को निर्वाचनमा झा रौतहट क्षेत्र नं १ मा कांग्रेसकै तर्फबाट उम्मेदवार बनेका थिए, तर पराजित भएका थिए ।
पार्टी समाहित गरेका झालाई कांग्रेसले केन्द्रीय सदस्य बनाएको छ ।
पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ४ को उपधारा १० (ङ) बमोजिम झालाई केन्द्रीय सदस्य बनाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया