सीमाबारे बालेनको अभिव्यक्ति आपत्तिजनक, माफी माग्नुपर्छ : प्रदीप ज्ञवाली

लोकपथ
84
Shares

काठमाडौं । आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले सीमाका विषयमा दिएको अभिव्यक्तिले यतिबेला चौतर्फी आलोचना भइरहेको छ ।

प्रधानमन्त्री बालेनले ‘नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ’ भन्दै दिएको अभिव्यक्तिबारे विपक्षीहरुले आपत्ति जनाइरहेका छन् ।

एमाले नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त अभिव्यक्ति फिर्ता लिन र माफी माग्न समेत माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीको उक्त भनाइ आपत्तिजनक रहेको भन्दै त्यसलाई तत्काल फिर्ता लिन र क्षमा माग्न भनेका हुन् ।

‘‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको छ’- संसदको रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले बोलेको यो विषय आपत्तिजनक, सन्देहास्पद र भर्त्सनायोग्य छ । यो अभिव्यक्ति तत्काल फिर्ता लिइयोस् र सार्वजनिक रूपमा क्षमा मागियोस्,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?