कांग्रेसले बालेनलाई सोध्यो– ‘नेपालले कहाँ भारतीय भूमी मिच्यो ? प्रमाण चाहियो’

लोकपथ
84
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ लाई नेपालले भारतको सीमा मिचेको विषयमा प्रमाण दिन माग गरेको छ ।

कांग्रेसका तर्फबाट मुख्य सचेतक वासना थापाले प्रधानमन्त्रीले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिमाथि गम्भीर प्रश्न उठाएकी हुन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै मुख्य सचेतक थापाले नेपालले भारतको कुन भूमी मिचेको हो ? जानकारी दिनुपर्ने बताइन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले संसदको रोष्टममा उभिएर नेपालबाट पनि भारतको भूमी मिचिएको बताएका थिए ।

उक्त अभिव्यक्तिप्रति आपत्ती जनाउँदै थापाले त्यसको तथ्यगत आधार सार्वजनिक गर्न माग गरिन् ।

उनले प्रधानमन्त्रीको उक्त भनाइलाई गम्भीर र आपत्तिजनक विषय भएको बताउँदै तथ्य र प्रमाण भए संसद तथा जनतालाई स्पष्ट जानकारी गराउनुपर्ने उल्लेख गरिन् ।

उनले भनिन्, ‘प्रधानमन्त्रीज्युले भन्नुभएको थियो, नेपाल भारत सीमा विवाद छन्, तर प्रधानमन्त्रीले नेपालबाट पनि भारतको भुमी मिचियो भन्नुभयो, यो कहाँनेर मिचिएको हो ? यो छिटो भन्दा छिटो हामीलाई पनि अवगत गराउनुपर्‍यो र यो गम्भीर र आपत्तीजनक विषय हो, प्रधानमन्त्रीले तथ्यविना दुई देश सिमाबारे बोलेको कुरा यो सत्य हो भने राखिन पर्‍यो, यदी यो सही होइन भने रेकर्डबाट हटाइयोस् ।’

उनले दुई देशबिचको सीमाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले तथ्यबिनै बोलेको हो भने त्यो स्वीकार्य नहुने बताइन् ।

यदी प्रधानमन्त्रीको भनाइ सत्य हो भने त्यसको आधार प्रस्तुत गर्नुपर्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?