एमाले संसदीय दलको बैठक सुरु, मानवअधिकार आयोगको प्रतिवेदन र बजेटमाथि छलफल हुने

लोकपथ
42
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो । बैठकमा सांसदहरू सहभागी छन् ।

बैठकमा राष्ट्रिय मानवअधिकार आयोग को प्रतिवेदनमाथि छलफल गर्नुका साथै सरकारले हालै सार्वजनिक गरेको नयाँ बजेटबारे समीक्षा र धारणा तय गर्ने एजेन्डा रहेको जनाइएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयवस्तु तथा संसद्को आगामी कार्यसूचीबारे समेत छलफल हुन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?