गणतन्त्रलाई थप संस्थागत, सुदृढ र उन्नत बनाउन आवश्यक छ : मुख्यमन्त्री कार्की

लोकपथ
28
Shares

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गणतन्त्रलाई थप संस्थागत, सुदृढ र उन्नत बनाउन आवश्यक रहेको बताएका छन् ।

१९औँ गणतन्त्र दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा उनले जनताको अथक संघर्षबाट मुलुकमा गणतन्त्र स्थापना भएको बताए । 

गणतन्त्रले नागरिक अधिकारसहितको शासन व्यवस्था सुनिश्चित गरेको भन्दै  उनले यसको मूल उद्देश्य स्वतन्त्रता, समावेशिता र जनअधिकारको रक्षा रहेको उल्लेख गरे ।

उनले लोकप्रियतावादका नाममा गणतन्त्रबाट प्राप्त उपलब्धिमाथि गम्भीर प्रहार भइरहेको टिप्पणी गरे । 

राष्ट्रिय अखण्डता र स्वतन्त्रतालाई कमजोर बनाउने प्रयास भइरहेको उल्लेख गर्दै उनले गणतन्त्रलाई थप संस्थागत गर्नुपर्नेमा जोड दिए । 

लोकतान्त्रिक व्यवस्थामा सरकारप्रति प्रश्न उठ्नु स्वाभाविक भए पनि प्रणालीलाई कमजोर बनाउने गतिविधि स्वीकार्य नहुने उनको भनाइ छ ।

प्रदेशअन्तर्गत पर्ने सगरमाथा क्षेत्रमा फोहोर बढ्दै गएको र त्यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ । 

संरक्षण तथा फोहोर व्यवस्थापनका लागि नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको उनले जानकारी दिए । 

मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नु पनि अहिलेको प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?