काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न ७ उपसमिति गठन गरी जिम्मेवारी तोकेको छ ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको प्रतिष्ठानमा विभिन्न विषयगत उपसमिति गठन गरी जिम्मेवारी तोकिएको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बुधबार साँझ सम्पन्न प्रतिष्ठानको तेस्रो बैठकले जिम्मेवारी तोकेको हो ।
प्रतिष्ठानको अर्थ योजना ः पार्टीको नीति, दुष्टि र योजना उपसमितिको जिम्मेवारी प्रा.डा गोविन्द्रराज पोख्रेललाई जिम्मेवारी दिइएको छ । जसमा निजी क्षेत्र, शेयर बजार, बीमा, सहकारी लगायत वित्तीय क्षेत्र समेटिएका छन् ।
त्यस्तनै जलवायु परिवर्तन सचेतना उपसमितिमा रोशनी गिरीलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी नवयुवा भावना, मुद्दा र अन्तरपुस्ता संवाद तथा समन्वय उपसमितिमा मीनबहादुर भाम, अनौपचारिक क्षेत्रका श्रमिक ः नीति र न्याय सम्बन्धी उपसमितिमा महेन्द्र यादव र बाल अधिकार उपसमितिमा उमंग लोहनी रहेका छन् ।
यसैगरी सार्वजनिक सेवा प्रवाहः नीति र थिती संवाद उपसमितिमा गोपालप्रसाद पोख्रेल र गैर सरकारी संस्था नीति संवाद र समन्वय उपसमितिमा अञ्जु झा रहेका छन् ।
उपसमितिका संयोजकहरुलाई आफूलाई दिइएको क्षेत्रबारे अध्ययन अनुसन्धान गरी आगामी चौथो बैठकमा अवधारणा र कार्ययोजना प्रस्तुत गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया