बकर ईदको अवसरमा ओलीले शुभकामना दिँदै भने : ‘विविधताबीचको एकतामै नेपालको शक्ति’

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विविध आस्था, संस्कार र सभ्यता संरक्षित भएको पावन भूमि भएको बताएका छन् ।

इस्लाम समुदायको महान् पर्व बकर ईदको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपालमा धार्मिक सहिष्णुता र सद्भावको परम्परा बलियो रहेको उल्लेख गरेका हुन् ।

ओलीले सन्देशमा मन्दिर, मस्जिद र गुम्बाका स्वरहरू एउटै आकाशमुनि सहअस्तित्वको सङ्गीत बनेर गुन्जिने बताएका छन् ।

‘यहाँ मन्दिरको शंखनाद, मस्जिदको अजान, गुम्बाको मन्त्र र सनातन संस्कृतिका सबै स्वरहरू एउटै आकाशमुनि सहअस्तित्वको सङ्गीत बनेर गुन्जिन्छन् । हाम्रो शक्ति यहाँका विविधताबीचको एकतामा छ । यही सहिष्णुता र सद्भावले नेपाललाई आत्मिक सहअस्तित्वको भूमि बनाएको छ, उनले सन्देशमा उल्लेख गरेका छन् ।

उनले बकर ईदले आपसी सद्भाव, भाइचारा र सहअस्तित्वको भावना थप मजबुत बनाउने विश्वास समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?