रासायनिक मलको सहज आपूर्ति र मौज्दातबारे छलफल गर्दै कृषि समिति

लोकपथ
21
Shares

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बिहान बस्दैछ । बैठक बिहान ९ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक हलमा हुन लागेको हो ।

बैठकमा किसानहरूले बाली लगाउने मुख्य मौसम सुरु हुन लागेका बेला रासायनिक मलको सहज तथा सुलभ आपूर्ति, मौज्दातको वर्तमान अवस्था, वितरण प्रणाली तथा यससँग सम्बन्धित विविध विषयमा छलफल गरिनेछ ।

संसद् सचिवालयका अनुसार बैठकमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड का पदाधिकारीहरूसँग विस्तृत छलफल हुने कार्यक्रम रहेको छ ।

किसानहरूबाट विगतदेखि नै मल अभावको गुनासो आउने गरेकाले आगामी खेती सिजनलाई लक्षित गर्दै आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउने विषयमा समितिले चासो दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?