काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ संसद्मा उपस्थित नभएसम्म सदन चल्न नदिने अडान लिएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा आकस्मिक, शून्य र विशेष समय सकिएपछि कार्यसूचीमा प्रवेश गर्न लाग्दा विपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुखले उनीहरूलाई बोल्न समय दिएका थिए ।
नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले नागरिकका प्रश्नको जवाफ प्रधानमन्त्रीले संसद्मै आएर दिनुपर्ने बताइन् ।
नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संविधान र कानुनी व्यवस्थाअनुसार प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने धारणा राखे ।
नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सबैले संविधान र कानुनको सम्मान गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री केही समयका लागि भए पनि संसद्मा आएर रोष्ट्रमबाट बोल्नुपर्ने माग गरे ।
श्रम संस्कृति पार्टीका आरेन राईले संसद्मा प्रधानमन्त्रीको अनुपस्थितिले गलत नजिर बस्ने बताए । उनले अहिलेको व्यवहारले आगामी पुस्तालाई कस्तो सन्देश जाने भन्ने विषयमा सबै गम्भीर हुनुपर्ने बताए ।
उनले संख्याको बल सधैं स्थायी नहुने उल्लेख गर्दै पाँच वर्षपछि फेरि नयाँ राजनीतिक समीकरण बन्न सक्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया