गगन थापाको आरोप : सरकारले संसद र न्यायपालिकालाई नियन्त्रणमा राख्ने प्रयास गर्यो

लोकपथ
0
Shares

विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारले न्यायपालिका र व्यवस्थापिकालाई आफ्नो प्रभाव र नियन्त्रणमा राख्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

शनिबार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले संवैधानिक निकायहरूलाई प्रभावमा राखेर सञ्चालन गर्ने प्रवृत्ति देखिएको बताएका हुन् ।

उनका अनुसार इतिहासमा पनि शक्तिशाली सरकारहरूले संवैधानिक निकायमाथि हस्तक्षेप गर्ने प्रयास गरेका उदाहरण छन् ।

उनले २०६४ सालमा माओवादीको बहुमत रहेको समयदेखि लिएर पछि नेपाल कम्युनिस्ट पार्टीको शक्तिशाली सरकारका बेला समेत यस्ता प्रयास देखिएको दाबी गरे ।

थापाले नेपालको न्यायपालिका, संसद र सञ्चार माध्यमजस्ता लोकतान्त्रिक संस्थाहरूले विगतमा यस्ता प्रयासलाई रोक्दै आएको उल्लेख गरे । उनका अनुसार कार्यपालिकाले आफ्नो संवैधानिक सीमा नाघ्ने प्रयास गर्दा न्यायपालिका, व्यवस्थापिका र सञ्चार माध्यमले नियन्त्रण गर्दै आएका छन् ।

उनले भने, ‘कार्यपालिकाले अहिले पनि संसदलाई आफ्नो छायामा राख्ने र न्यायपालिकालाई प्रभावमा राख्ने प्रयास गरिरहेको छ। तर यी प्रयासहरूलाई नेपालको संस्थागत संरचना र लोकतान्त्रिक शक्ति मिलेर निस्तेज पार्ने विश्वास छ ।

थापाले लोकतान्त्रिक संस्थाहरू अझै पनि बलियो रहेको भन्दै यस्ता प्रयासहरू अन्ततः असफल हुने दाबीसमेत गरेका छन् ।

यसैबीच उनले वर्तमान सरकारबारे टिप्पणी गर्दै व्यवस्थापिकालाई समेत प्रभावमा राख्ने प्रयास भइरहेको आरोप दोहोर्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?