जसपा नेपालको केन्द्रीय समितिको बैठक आजदेखि, संगठन समायोजन र राजनीतिक रणनीतिबारे छलफल हुने

लोकपथ
0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । बैठक जेठ ११ गतेसम्म चल्नेछ ।

लोसपा नेपालसँग एकता भएपछि यो जसपा नेपालको पहिलो केन्द्रीय समिति बैठक हो ।

बैठकमा २०७९ सालको प्रतिनिधि सभा निर्वाचनको समीक्षा गरिनेछ । साथै पार्टीको केन्द्रीय कार्यालय व्यवस्थापनबारे पनि छलफल हुनेछ ।

त्यसैगरी पार्टीको संगठन विस्तार, व्यवस्थापन र आगामी राजनीतिक कार्यक्रमबारे विस्तृत छलफल हुने बताइएको छ ।

बैठकमा पार्टीका सबै तहका संरचना-केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला, पालिका र वडा तहसम्मको समायोजनबारे पनि निर्णय हुनेछ । भ्रातृ तथा शुभेच्छुक संगठनहरूको समायोजनका लागि कार्यविधि बनाउने विषय पनि एजेन्डामा छ ।

केन्द्रीय समन्वय समिति सदस्यहरूको कार्यविभाजन, प्रदेश सरकार र संघीय तहबीच समन्वय गर्ने समिति गठन, तथा स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गर्ने विषयमा पनि छलफल हुनेछ ।

यसैगरी सदस्यता नवीकरण, निर्वाचन क्षेत्रस्तरीय कार्यक्रम, र प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि निर्णय हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?