सरकारले किन लगायो सार्वजनिक सवारी दर्तामा रोक ?

लोकपथ
0
Shares
सांकेतिक फाइल तस्बिर

काठमाडौं । सरकारले तत्कालका लागि सार्वजनिक प्रयोजनका लागि प्रयोग हुने सवारीसाधनको दर्तामा रोक लगाएको छ ।

बिहीबार पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सातै वटा प्रदेश र स्थानीय तह लगायत सबै पक्षलाई परिपत्र गर्दै दर्ता रोक्न भनेको हो ।

सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसकेको कारण अत्यधिक वायू प्रदुषण, सवारीको चाप र ट्राफिक जाम भइ आवागमनमा कठिनाइ उत्पन्न भएको कारण हाललाई दर्ता रोकेको जनाइएको छ ।

‘सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसकेका कारण अत्यधिक वायू प्रदुषण, सवारीको चाप र ट्राफिक जाम बढ्न गई आवागमनमा कठिनाई उत्पन्न भएको छ । इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक सवारी तथा यातायातमा पर्न गएको असहजता र कठिनाईको सम्बोधन गर्न सार्वजनिक सवारीको यथोचित व्यवस्थापन गर्नुपर्ने देखिन्छ,’ परिपत्रमा भनिएको छ, ‘…सार्वजनिक हित एवं नेपाल सरकारले सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उदेश्यले अर्को सूचना जारी नगरेसम्म तत्कालका लागि ऐ. ऐनको दफा १४ बमोजिम गरिने दर्ता रोक्का गर्न आवश्यक देखिएकाले तहाँ मन्त्रालय अन्तर्गतका कार्यालय/पालिकाबाट गरिने सार्वजनिक सवारी साधनहरुको (ईलेक्ट्रिक सार्वजनिक सवारीसाधन समेत) नयाँ दर्ता रोक्का गरिदिनुहुन निर्णयानुसार व्यहोरा अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?