काठमाडौं । जिल्ला अदालत कास्कीले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका प्रतिवादी रवि लामिछानेसहितका व्यक्तिहरुको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा संशोधनका लागि अनुमति दिएको छ ।
शुक्रबार जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेलबासेको इजलासले सहकारी ठगीको मुद्दा कायमै राखी त्यसैसँग जोडिएका दुई मुद्दा संशोधनका लागि आदेश दिएको हो ।
अदालतले ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु राई (जीवी राई) र पूर्व डीआईजी समेत रहेका ग्यालेक्सीकै छविलाल जोशीको मुद्दा समेत संशोधनका लागि अनुमति दिएको हो ।
अदालतले जाहेरवालालाई सहकारीको बचत रकम सहज र शीघ्र फिर्ता दिलाउनु रहेको भन्ने लगायतका आधारमा मुद्दा संशोधन गर्न अनुमति दिएको हो ।
यद्यपि रविसहित जीवी र छविमाथिको सहकारी ठगीको मुद्दा भने कायमै रहनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया