काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाएका छन् ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा बहुमत प्रदेशसभा सदस्यहरूले यादवको पक्षमा मतदान गरेका हुन् ।
मुख्यमन्त्री यादवको पक्षमा ६२ र विपक्षमा ३६ प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए । प्रदेशसभा बैठकमा १०० प्रदेशसभा सदस्यहरूको उपस्थिति रहेको थियो ।
एमालेलाई मधेस सरकारमा सामेल गराएपछि कांग्रेससँगै मुख्यमन्त्री यादवलाई एमाले, नेपाली कम्युनिस्ट पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूले समर्थन गरे ।
यता जसपा नेपालका मन्त्रीहरूलाई बर्खास्त गरेको र आफूहरूसँग विश्वासको मत औपचारिक रूपमा नमागिएको भन्दै जसपा नेपालले मुख्यमन्त्री यादवको विपक्षमा मतदान गरेको थियो ।
त्यस्तै जनमत पार्टी र राप्रपाका प्रदेशसभा सदस्यहरूले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया