उद्योग वाणिज्य महासंघ चुनाव : वरिष्ठ उपाध्यक्षमा दुई जना भिड्ने

लोकपथ
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा दुई जना भिड्ने भएका छन् ।  

वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई, सुरकृष्ण वैद्य भिड्ने भएका हुन् । 

यसअघि हेमराज ढकालले उम्मेदवारी दिएपनि उनले संघाईलाई समर्थन गर्दै फिर्ता लिएका छन् । 

रामचन्द्र संघाईको प्रस्तावक ईश्वर जिसी छन् र समर्थक अभिज्ञा मल्ल रहेका छन् । सुरकृष्ण वैद्यका प्रस्तावक कृष्णप्रसाद शर्मा तथा समर्थक रविन पुरी रहेका छन् ।

त्यसैगरी, कोषाध्यक्ष पदका लागि मनिषलाल प्रधान र अम्बिकाप्रसाद पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । 

मनीषलाल प्रधानका प्रस्तावक दिलसुन्दर श्रेष्ठ र समर्थक नानीराज घिमिरे रहेका छन् । अम्बिकाप्रसाद पौडेलका प्रस्तावक बाबुकाजी कार्की तथा समर्थक भक्त बहादुर हमाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?