काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव आज विश्वासको मत लिँदै छन् ।
जनमत पार्टीले गत वैशाख २१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।
यसका लागि प्रदेशसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
यसअघि जेठ १ गतेका लागि तय गरिएको विश्वासको मतसम्बन्धी प्रक्रिया कांग्रेसभित्रको असन्तुष्टि र जनता समाजवादी पार्टी नेपालको अनिर्णयका कारण स्थगित भएको थियो ।
विश्वासको मत लिनुअघि मधेश प्रदेशको सत्ता समीकरणमा फेरबदल भएको छ । जसपा नेपाललाई सरकारबाट बाहिर राख्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकारमा सहभागी भएको छ ।
मुख्यमन्त्री यादवले जसपा नेपालका तीन मन्त्रीलाई बर्खास्त गर्दै एमालेका मोहम्मद समिरलाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया