एमाले सचिवालय बैठक आज, कार्यविभाजन प्रस्तावमाथि छलफल हुने

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ः३० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बस्ने तय भएको हो ।

बैठकमा अध्यक्ष ओलीले गत जेठ ५ गतेको सचिवालय बैठकमा प्रस्तुत गरेको नेताहरूको कार्यविभाजन सम्बन्धी प्रस्तावलाई परिमार्जनसहित अनुमोदन गर्ने तयारी गरिएको पार्टीले जनाएको छ ।

अध्यक्ष ओलीको प्रस्तावमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने विषय समेटिएको छ। सचिवालय बैठकमा उक्त प्रस्तावमाथि विस्तृत छलफल गरी कार्यविभाजनलाई अन्तिम रूप दिइने बताइएको छ ।

पार्टीका अनुसार बैठकबाट अनुमोदित निर्णय तत्कालै अन्तरपार्टी निर्देशन (अपानि) मार्फत तल्ला कमिटी तथा सम्बन्धित नेताहरूलाई पठाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?