काठमाडौं । काठमाडौं महानगरपालिकाअन्तर्गत शंखमूल फिडरका विभिन्न क्षेत्रमा आज केही समय विद्युत् आपूर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण ले जारी गरेको सूचनाअनुसार आज बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ ।
प्राधिकरणका अनुसार शंखमूल फिडर अन्तर्गत विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य भइरहेकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो ।
विद्युत् अवरुद्ध हुने क्षेत्रहरूमा दोभान पुल, श्रीनगर मार्ग, बागमती बुद्ध बिहार, शंखमूल पुल क्षेत्र, रोजबड स्कुल, भृगु मार्ग तथा रुद्रमति मार्ग रहेका छन् ।
प्राधिकरणले निर्धारित समयअघि नै काम सम्पन्न भएमा विद्युत् सेवा छिट्टै पुनः सञ्चालन गरिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया