काठमाडौं । विपक्षी दलका सांसदहरुले संसदमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को खोजी गरेर अवरोध सिर्जना गरेका छन् ।
प्रधानमन्त्री बालेन दिनहुँ संसदमा गयल हुने थालेपछि सांसदहरुले प्रश्न उठाइरहेका छन् । बिहीबार बसेको प्रतिनिधित्र सभा बैठकमा विपक्षी दलहरु नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी लगायतका दलहरुले विरोध जनाएका हुन् ।
आजको बैठकमा सभामुख डीपी अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट विधेयक प्रस्तुत गर्न कानुनमन्त्री सोविता गौतमलाई समय दिएपछि विपक्षी दलहरुले विरोध जनाएका हुन् ।
सभामुख अर्यालले प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए । त्यसपछि विपक्षी दलहरुले त्यसमा विरोध जनाएका हुन् ।
प्रतिनिधि सभा नियमावलीमा प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो आइतबार (संसद बसेको बेला) सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था रहे पनि प्रधानमन्त्री अनुपस्थित भएको भन्दै विरोध जनाएका हुन् ।
विपक्षी दलहरुले निरन्तर विरोध जनाएपछि सभामुख अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया