सभामुखलाई निश्कल राईको प्रश्न- ‘हिजो वेल घेर्ने आज मर्यादाको पाठ पढाउने ?’ [भिडियोसहित]

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रतिनिधिसभामा सभामुखले सांसद हर्कराज राईको व्यवहारप्रति प्रश्न उठाएको विषयमा असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्तमान सत्तारुढ दलले विगतमा प्रतिपक्षमा हुँदा अपनाएको व्यवहार स्मरण गराउँदै अहिलेको विरोधलाई मात्र अमर्यादित भन्न नमिल्ने बताएका हुन् ।

राईले तत्कालीन प्रतिपक्ष दलले सरकारको जवाफदेहिता खोज्दै नीलो स्कार्फ बाँधेर संसद्को वेल घेर्ने, पलेँटी कसेर बस्ने र पुस्तक पढ्ने जस्ता गतिविधि गरेको स्मरण गरे । उनले त्यसबेला सभामुखको भूमिका प्रतिपक्षतर्फ झुकेको जस्तो देखिएको आरोपसमेत लगाए ।

उनले भने, ‘हिजो आफूले गरेका गतिविधि संसदीय मर्यादाभित्र पर्ने तर अहिले प्रतिपक्षले प्लेकार्डसहित गरेको विरोधलाई अमर्यादित भन्ने दोहोरो मापदण्ड स्वीकार्य हुँदैन । त्यो बेला पनि गलत थियो, अहिले पनि गलत र अमर्यादित भइरहेको छ भन्ने हाम्रो निष्कर्ष हो ।

राईले सभामुखले हर्क साम्पाङको व्यवहारमाथि प्रश्न उठाएकोप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी को विगतका संसदीय गतिविधिसमेत सम्झाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?