कोशी प्रदेशको बजेट अधिवेशन : नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने

लोकपथ
0
Shares

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ ।

प्रदेशसभाको बजेट अधिवेशन बुधबारदेखि सुरु भएको हो । अधिवेशनअन्तर्गत आज बस्ने दोस्रो बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले कृषि, पर्यटन, पूर्वाधार विकास र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम तयार पारेको जनाएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसकै आधारमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट असार १ गते ल्याइने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?