काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालको रिक्त अध्यक्ष पदका लागि आवेदन खुला गरेको छ ।
सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार सूचना जारी गर्दै प्रतिस्पर्धामार्फत एक जना योग्य व्यक्ति छनोट गर्न दरखास्त आह्वान गरेको हो ।
इच्छुक तथा योग्य उम्मेदवारले २०८३ जेठ १८ गते कार्यालय समयभित्र मन्त्रालयमा आवेदन दिनुपर्नेछ ।
आवेदन फाराम, आवश्यक योग्यता, कागजात र अन्य जानकारी मन्त्रालयको वेबसाइटमा हेर्न सकिने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया