हर्कको अडान– ‘निलम्बन गरिए रेडी छौँ, प्रधानमन्त्रीले जवाफ नदिउन्जेल विरोध जारी रहन्छ’

लोकपथ
0
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ संसदप्रति जिम्मेवार र उत्तरदायी नहुञ्जेलसम्म संसदमा आफ्नो पार्टीको विरोध जारी रहने बताएका छन् ।

बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारको गृहमन्त्री समेत प्रधानमन्त्री स्वयं भएको उल्लेख गर्दै मन्त्रालयसँग सम्बन्धित प्रश्नहरुको जवाफ दिनुपर्नेमा जोड दिए । उनले गृह मन्त्रालयमाथि सुकुम्बासी बस्ती खाली गराए लगायतका विषयमा प्रश्न उठेको भन्दै त्यसको जवाफ संसदमा दिनुपर्ने बताए ।

उनले सरकारको आलोचना गरेकै आधारमा निलम्वन गरिन्छ भनेपनि आफूहरु तयार रहेको बताए ।

उनले भने, ‘हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ । यदि सरकारको आलोचना गर्दैमा र संसदप्रति उत्तरदायी बनाउने कुरा आएकै आधारमा निलम्बन गरिन्छ भने पनि हामी रेडी छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?