काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा सरकारले न्यायालयको स्थापित वरीयता प्रणाली मिचेर राजनीति गर्न खोजेको बताएका छन् ।
बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले सरकारले न्यायालयको ८० वर्षको इतिहासमा पहिलोपटक वरीयता मिच्दै चौथो वरीयतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाएर न्यायालयमा राजनीति छिराएको टिप्पणी गरे ।
‘अहिले सरकारपक्षलाई वरीयता मिचेर चौथो वरीयतामा रहनुभएका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाएको आरोप लागिरहेको छ,’पुनले भने, ‘उहाँहरूले राजनीति गर्नुभयो, ८० वर्ष न्याय इतिहासमा वरीयता मिच्नुभयो भन्ने आरोप छ ।’
विगतमा आफूसम्बद्ध दलले न्यायालयमा राजनीति नगरेको उनको दाबी छ । पुनले संसदीय सुनुवाइ समितिमा समेत प्रक्रिया पूरा गर्नुपर्ने आफ्नो पक्षको माग बेवास्ता गर्दै सत्तापक्षले नियुक्ति प्रक्रियामा अत्यधिक हतार गरेको टिप्पणी गरे ।
‘संसदीय सुनुवाइ समितिमा पनि अत्यन्त हतारो गर्नुभयो । प्रक्रिया पूरा गर्ने हाम्रो माग थियो । तर, सत्तापक्षले निकै हतार गर्नुभयो । हामीले शंकाको लाभ दियौँ,’उनले भने ।
दुईतिहाइनजिकको जनमतबाट आएको सरकारलाई शंकाको लाभको आधारमा आफूहरूले समेत प्रधानन्यायाधीश नियुक्तिमा समर्थन जनाएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया