अधिवेशनमा खटिने गरी रास्वपाले तोक्यो केन्द्रीय प्रतिनिधि, काे कहाँ ? [सूचीसहित]

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनलाई लक्षित गर्दै देशभर संगठन विस्तार र अधिवेशन सञ्चालनका लागि आफ्ना नेताहरूलाई विभिन्न जिल्लामा खटाउने निर्णय गरेको छ ।

चितवनमा असार ७ देखि ९ गतेसम्म पहिलो महाधिवेशन गर्ने तयारीमा रहेको रास्वपाले त्यसअघि वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेको छ ।

पार्टीले वडादेखि प्रदेशसम्मका संगठनात्मक संरचना निर्माण तथा अधिवेशन गराउने जिम्मेवारी केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, सांसद र अन्य नेताहरूलाई तोकेको छ । तर मन्त्रीहरूलाई भने महाधिवेशन सम्बन्धी संगठनात्मक काममा नलगाइने निर्णय गरिएको छ ।

रास्वपाका अनुसार जहाँ संगठनात्मक संरचना बनेका छैनन्, त्यहाँ तदर्थ समिति गठन गरिनेछ भने बनेका स्थानमा नियमित अधिवेशन प्रक्रिया अघि बढाइनेछ । सबै तहका अधिवेशन सम्पन्न भएपछि मात्र केन्द्रीय महाधिवेशनमा जाने तयारी गरिएको छ ।

वडादेखि प्रदेशसम्मका अधिवेशनका लागि छुट्टाछुट्टै मिति पनि तय गरिएको छ । जसअनुसार वडा अधिवेशन जेठ २, ३ र १६ गते, पालिका अधिवेशन जेठ ९, १० र १७ गते, जिल्ला अधिवेशन जेठ २३ र २४ गते तथा प्रदेश अधिवेशन जेठ २६ देखि असार १ गतेसम्म सञ्चालन हुने कार्यतालिका छ ।

केन्द्रीय प्रतिनिधिहरूलाई जिल्लाजिल्लामा खटाएर अधिवेशनलाई सहज बनाउन समन्वयको जिम्मेवारी दिइएको छ । केही जिल्लामा सांसदहरूलाई आफ्नै गृहजिल्लामा खटाइएको छ भने जनसंख्या र क्षेत्रफल बढी भएका जिल्लामा थप प्रतिनिधि परिचालन गरिएको छ ।

यसअनुसार महामन्त्री कविन्द्र बुर्लाकोटीलाई गोरखा, सहमहामन्त्री विपिन आचार्यलाई दाङ, प्रवक्ता मनिष झालाई धनुषा, सहप्रवक्ता रमेश प्रसाईंलाई ताप्लेजुङ, पूर्व उपसभामुख इन्दिरा रानामगर र पूर्व सचेतक निशा डाँगीलाई झापा तथा सांसद रञ्जु दर्शनालाई काठमाडौं जिल्लाको जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?