काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले सुकुमबासीलाई तीन महिनाका लागि मासिक १५ हजार रुपैयाँ दिने सरकारको निर्णयलाई अमानवीय भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै सांसद बरालले बिना तयारी सुकुमबासी बस्ती हटाएर अस्थायी राहतको नाममा रकम दिने निर्णय गरिएको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘सरकारले बिना तयारी सुकुमबासीहरूलाई उनीहरू बसोबास गरिरहेका ठाउँबाट बाहिर निकालेको छ । अनि जेठ, असार र साउन तीन महिनाका लागि १५–१५ हजार रुपैयाँ दिने भनिएको छ । एक दिनको करिब १०० रुपैयाँले काठमाडौं आसपासमा बस्ने परिवार कसरी बाँच्न सक्छ रु यो अत्यन्त अमानवीय कदम हो ।’
उनका अनुसार पाँच सदस्यीय परिवारका लागि तीन महिनामा दिइने २५ हजार रुपैयाँले न्यूनतम जीविकोपार्जन पनि सम्भव नहुने भन्दै उनले सरकारको निर्णयमाथि पुनर्विचार गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया