संसदमा हर्क साम्पाङको माग : प्रधानमन्त्रीदेखि मन्त्रीलाई सदनमा नियमित उपस्थित गराइयोस्

लोकपथ
0
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले प्रधानमन्त्रीदेखि मन्त्रीहरूलाई प्रतिनिधिसभा बैठकमा नियमित रूपमा उपस्थित गराउन माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मन्त्रीहरू सदनमा उपस्थित नहुने, नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि नआउने र छलफलमा समेत अनुपस्थित रहने प्रवृत्तिप्रति आपत्ति जनाए ।

उनले भने, ‘मन्त्रीहरू सदनमा उपस्थित नहुने, नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि नआउने, छलफलमा पनि नआउने अवस्था छ । नियमावली १५ को २ अनुसार यो व्यवस्था लागू भएको देखिँदैन । संसदप्रति सरकार जवाफदेही हुनैपर्छ, जनताप्रति पनि सरकार जवाफदेही हुनुपर्छ ।’

उनले सरकार र संसदबीचको समन्वय कमजोर हुँदै गएको भन्दै कार्यकारी निकायलाई संसदप्रति उत्तरदायी बनाउन जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?