प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन

लोकपथ
133
Shares

काठमाडौं । प्रधानन्यायाधीशका लागि सिफारिस डा. मनोजकुमार शर्माको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ ।

सोमबार बसेको संसदीय सुनुवाई समितिको बैठकले शर्माको नाम प्रधानन्यायाधीशबाट अनुमोदन गरेको हो ।

संवैधानिक परिषषद्को बैठकले सर्वोच्च अदालतका न्यायधीश रहेका शर्माको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । त्यससँगै उनीविरुद्ध उजुरी आह्वान भएको थियो ।

आजको बैठकमा उजुरीउपर शर्माले जवाफ समेत दिएका थिए ।

संसदीय समितिबाट नाम अनुमोदन भएसँगै अब प्रधानन्यायाधीशका रुपमा शर्माले शपथग्रहण गर्नेछन् ।

संवैधानिक परिषद्को बैठकले यसअघिको परम्परा भत्काउँदै पहिलो वरियतामा रहेकालाई नगरी शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

यो पनि…

न्यायपालिकाको ‘स्थापित नजिर भत्काउनै चाहेको’ हो ?

प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको नाम सिफारिस

को हुन् प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोजकुमार शर्मा ?

संसदीय सुनुवाई समितिमा मनोजकुमार शर्मा– ‘नेपोबेबी थाहा छैन, क्षमताले यहाँसम्म आएँ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?