संसदमा राईको प्रश्न : पीडित जनतासम्म सरकार किन पुगेन ?

लोकपथ
63
Shares

 काठमाडौं । प्रतिपक्षी दल श्रमशक्ति पार्टी, नेपालले केन्द्रीय सरकार जनताको पीडामा अनुपस्थित रहेको भन्दै कडा आपत्ति जनाएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै पार्टीका सांसद ध्रुवराज राईले केन्द्रीय सरकार खै ? भन्दै सरकारमाथि प्रश्न उठाएका हुन् ।

उनले गत चैत महिनामा आएको हावाहुरीका कारण भोजपुरमा ६५ वटा घर तथा ८ वटा विद्यालयको छानो उडेको उल्लेख गर्दै यति लामो समय बितिसक्दा पनि पीडितले कुनै राहत नपाएको गुनासो गरे । 

यस विषयमा संसदमार्फत सरकारलाई बारम्बार ध्यानाकर्षण गराइएको तथा गृहमन्त्रीलाई समेत भेटेर जानकारी गराइएको भए पनि समस्या समाधान नभएको उनको भनाइ थियो ।

सांसद राईले जनताको दुःख, पीडा र आवाजप्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गरे ।

बैठकमा उनले उभौली साकेला पर्वको शुभकामना व्यक्त गर्दै अब भने जनताको आवाज सरकारले सुन्नुपर्ने समय आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?