एमाले केन्द्रीय सचिवालय बैठक जारी

लोकपथ
0
Shares

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा सुरु भएको छ ।

बैठकले नेताहरूको कार्यविभाजनलाई मुख्य एजेडा बनाएको छ । बैठकमा नेताहरूको कार्यविभाजनका अतिरिक्त वरीयता निर्धारण र चुनावी समीक्षाका विषयमा पनि छलफल हुन सक्ने बताइएको छ ।

यद्यपि, बैठक प्रारम्भ हुनुअघि सचिवालयका सदस्यहरूलाई छलफलका विषयवस्तुबारे कुनै पूर्वजानकारी गराइएको थिएन ।

औपचारिक रूपमा एजेण्डा तय नगरिए पनि बैठकमा मुख्यतः नेताहरूको जिम्मेवारी बाँडफाँडकै विषयमा छलफल हुने बुझिएको छ । गत पुसमा ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको एमालेले हालसम्म नेताहरूको कार्यविभाजन गर्न सकेको छैन ।

त्यस्तै, पार्टीको स्थायी कमिटी, पोलिटब्युरो लगायतका कमिटी र विभागहरूले समेत अझै पूर्णता पाउन बाँकी छ । आजको बैठकले यी साङ्गठनिक विषयहरूमा ठोस निर्णय लिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?