हर्कलाई ज्ञानेन्द्र शाहीको जवाफ : ‘प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण छैन’

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले  हर्क साम्पाङले प्रधानमन्त्रीको राजीनामा माग गरेको विषयमा प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहीले प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कुनै कारण नरहेको बताएका हुन् ।

उनले विगत ३५ वर्षसम्म देशमा भ्रष्टाचार र लुटतन्त्र चलाउने शक्तिविरुद्ध जनताले अहिलेको नेतृत्वलाई मत दिएको उल्लेख गर्दै जनादेशको सम्मान गर्न सबैलाई आग्रह गरेका छन् ।

शाहीले लेखेका छन्, ‘माननीय हर्क साम्पाङज्यूलाई मेरो विनम्र अपिल छ । प्रधानमन्त्रीज्यूको राजीनामा माग्नुपर्ने कुनै कारण छैन । याद गर्नुस्, तिनै शक्तिहरूले ३५ वर्षसम्म यो देश लुटे, भ्रष्टाचार गरे । तिनैका विरुद्धको लडाइँमा अहिलेका जनताले मतदान गरेका हुन् । त्यसैले हामीले जनताको मत र जनादेशको सम्मान गर्नुपर्छ ।’

उनले देशलाई अगाडि बढाउन सबै राजनीतिक शक्ति मिलेर काम गर्नुपर्ने  बताएका छन् । साथै शाहीले प्रधानमन्त्री प्रजातान्त्रिक र संसद्प्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन् । 

उनले संसद् जनताको आवाज बोल्ने सर्वोच्च लोकतान्त्रिक मञ्च भएकाले सरकार संसद्प्रति जवाफदेही हुनुपर्ने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?