जनमत पार्टीद्वारा मुख्यमन्त्री यादवविरुद्ध मतदान गर्न ह्वीप जारी

लोकपथ
63
Shares

जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवविरुद्ध मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।

मुख्यमन्त्री यादवले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन् । त्यसअघि बिहीबार बसेको जनमत पार्टी संसदीय दलको बैठकले सबै सांसदलाई अनिवार्य रूपमा उपस्थित भएर विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो ।

पार्टीका संसदीय दलका नेता चन्दनकुमार सिंह ले जारी गरेको निर्देशन पत्रमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुसार सांसदहरूलाई विपक्षमा मतदान गर्न ह्वीप जारी गरिएको उल्लेख छ ।

जनमत पार्टीको यो निर्णयसँगै मधेश प्रदेश सरकारको विश्वासको मतको परिणामलाई लिएर राजनीतिक चासो बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?