मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

लोकपथ
0
Shares

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।

जनमत पार्टीले वैशाख २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन
लागेका हुन् ।

कानुनी व्यवस्था अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

हाल मधेश प्रदेश सभामा १०२ जना सदस्य रहेका छन् । सरकार जोगाउन कम्तीमा ५२ जना सांसदको समर्थन आवश्यक पर्ने भए पनि सरकारसँग अहिले ६३ जना सांसदको समर्थन रहेको बताइएको छ ।

सरकारलाई नेपाली कांग्रेस का २२, जसपा नेपाल का २६ तथा नेपाल कम्युनिष्ट पार्टी का १५ सांसदको समर्थन रहेको छ ।

विश्वासको मतका लागि आज बिहान ११ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?