सरकारलाई एमालेले भन्यो : तत्काल सुकुमबासीहरुको घरबासको व्यवस्था गरियोस्

लोकपथ
28
Shares

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद यज्ञबहादुर बोगटीले घरबारविहीन अवस्था झेल्न बाध्य सुकुबासीहरुको तत्काल घरबासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

सरकार आफैँले सुकुमबासी बस्ती हटाउने क्रममा उनीहरूको घरबास डोजर चलाएर हटाएको उल्लेख गर्दै उनले उनीहरूको उचित घरबासको व्यवस्था गर्न सरकारलाई सचेत  गराएका हुन् । 

मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद बोगटीले सरकारले सुकमबासी र गरिबमाथि अमानवीय व्यवहार देखाएको भन्दै आक्रोश समेत व्यक्त गरेका हुन् । उनले महँगी नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गराए । 

सांसद बोगटीले भने, ‘अहिले पनि दलित, भूमिहीन सुकुम्बासी अव्यवस्थिति बसोवासी जम्मा ११ लाख २९ हजार ५१७ को समस्या ज्यूकोत्यू छ  । यो सरकारले यस्ता समस्या समाधान गर्नु.भन्दा गरिबको घर भत्काउने जो काम गरेको छ । यो एकदमै निन्दनीय घटना छ । यस्ता कामहरू सरकारले रोक्नु पर्छ । र, ती भत्काइएका र घरबारबिहीन भएकाहरूको घरवासको व्यवस्थापन तत्काल गर्न सरकारसँग जोडदार माग गर्न चाहन्छु ।’  

सांसद बोगटीले गरिब जनता महँगीको पनि मारमा परेकाले सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिँदै नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न ढिलाइ गर्न नहुने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?