प्रतिनिधिसभा बैठक सुरु हुनासाथ कांग्रेसको अवरोध र अन्त्य

लोकपथ
105
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंगलबारको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ अवरोध गरेको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाहले संसद् बैठक छाडेर हिँडेको विषयमा असहमति राख्दै प्रमुख विपक्षी कांग्रेसले अवरोध गरेको हो ।

अवरोधपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले कांग्रेसकी प्रमुख सचेतक बासना थापालाई बोल्न समय दिएकोमा थापाले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्रीले नै ‘बहिष्कार’ गर्ने कार्य संवैधानिक नैतिकताविपरीत भएको जिकिर गरिन् । 

‘सरकारको नीति कार्यक्रम प्रधानमन्त्रीले नै ‘बहिष्कार’ गर्ने कुन संवैधानिक र नैतिक मर्यादा हो ?’ प्रमुख सचेतक थापाले प्रश्न गरिन् । उनले प्रधानमन्त्रीबाटै यसको जवाफ पनि माग गरिन् । उनले प्रधानमन्त्रीको जवाफ माग गर्न समय पाएपछि कांग्रेस सांसदहरूले आसनमा बसेर अवरोध अन्त्य गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?