प्रतिनिधिसभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

लोकपथ
56
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज मध्याह्न १ बजे बस्ने कार्यसूची रहेको छ ।

बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले आफ्ना धारणा राख्नेछन् ।

यसअघि सोमबार रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

चालु अधिवेशनमै आर्थिक वर्ष २०८३/८४ को बजेटसमेत प्रस्तुत गरिने तयारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?