सरकारले ‘एभरेज’ नीति तथा कार्यक्रम ल्यायो, बजेटले युवामा निराशा बढाउँछ : वर्षमान पुन

लोकपथ
56
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम औसत रहेको टिप्पणी गरेका छन् ।

सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विशाल जनमत प्राप्त सरकारले सबै क्षेत्रमा परिवर्तनको अनुभूति हुने गरी नीति तथा कार्यक्रम ल्याउने जनअपेक्षा रहे पनि त्यसअनुसारको कार्यक्रम आउन नसकेको बताएका हुन् ।

उनले नीति तथा कार्यक्रमअनुसार बजेट आए युवापुस्तामा निराशा पैदा हुन सक्ने चेतावनी दिए । साथै सरकारले नीति तथा कार्यक्रम तयार गर्दा पर्याप्त तयारी नगरेको आरोप पनि लगाए ।

पुनले भने, ‘विशाल जनमत पाएको सरकारले सबै क्षेत्रमा क्रमभंग गर्ने खालको नीति तथा कार्यक्रम ल्याउँछ भन्ने अपेक्षा थियो। तर सरकारले औसत नीति तथा कार्यक्रम ल्याएको छ । यही ढंगको बजेट आयो भने नवयुवामा निराशा बढ्न सक्छ । सरकार तयारीसहित आएको देखिएन, यो पुरानै शैलीको निरन्तरता हो ।’

उनले आगामी बजेट प्रस्तुत गर्दा सरकारले स्पष्ट योजना, तयारी र जनअपेक्षाअनुसारका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?