काठमाडौं । आजबाट संघीय संसदको दुवै सदनको अधिवेशन सुरु भएको छ ।
आज अपरान्ह ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा सम्बोधन गर्नेछन् ।
त्यसअघि बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुले विरोध जनाएका हुन् ।
प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै विपक्षी दलहरु उठेर विरोध जनाएका हुन् ।
सरकारले अध्यादेश ल्याएको, सुकुमबासी बस्तीमा डोजर चलाएको लगायतका विषयमा असन्तुष्ट विपक्षी दलहरुले विरोध जनाएका हुन् ।
सभामुख डोलप्रसाद अर्यालले आफूले आकस्मिक समयमा बोल्न दिने भन्दै आग्रह गर्दा समेत विपक्षी दलहरुले उठेर विरोध जनाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया