राष्ट्रियसभामा अध्यादेश पेस गर्दै प्रधानमन्त्री बालेन

लोकपथ
0
Shares

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु भएको छ । अधिवेशनअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो २ बजे बस्दैछ । बैठकमा सरकारले ल्याएका विभिन्न अध्यादेशहरू पेस गर्ने कार्यसूची तय गरिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले राष्ट्रियसभामा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ तथा संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश, २०८३ पेस गर्नेछन् ।

त्यसैगरी अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (तेस्रो संशोधन) अध्यादेश पेस गर्ने कार्यक्रम रहेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश प्रस्तुत गर्नेछिन् भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारीसम्बन्धी अध्यादेश पेस गर्नेछिन् ।

यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ ।

बैठकको प्रारम्भमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?