कांग्रेसले आज सुर्खेतमा प्रदेशस्तरीय भेला गर्दै

लोकपथ
0
Shares

सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ आजदेखि सुरु गर्दैछ ।

वीरेन्द्रनगरस्थित शुभ होटलमा मध्यान्ह १२:३५ बजेबाट सुरु हुने दुई दिने भेलाको तयारी पूरा भएको पार्टीले जनाएको छ ।

जिल्ला सभापति खड्गबहादुर पोखरेलका अनुसार भेलाको उद्घाटन पार्टीका सभापति गगनकुमार थापाले गर्ने कार्यक्रम छ । कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेलको समेत सहभागिता रहनेछ ।

कांग्रेसले यसअघि वैशाख २६ र २७ गते कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय भेला सम्पन्न गरेको थियो ।

त्यस्तै, वैशाख ३१ र जेठ १ गते गण्डकी प्रदेशको भेला पोखरामा र जेठ ४ र ५ गते बागमती प्रदेशको भेला काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरिएको थियो ।

पार्टीले आगामी दिनमा अन्य प्रदेशमा पनि यस्ता भेला सञ्चालन गर्ने कार्यक्रम तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?