राजनीतिक दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग, यस्ता छन् एजेन्डा

लोकपथ
0
Shares

काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग निर्वाचनसम्बन्धी कानुन संशोधन तथा एकीकरणबारे छलफल गर्ने भएको छ ।

आयोगले निर्वाचनसम्बन्धी सातवटा ऐनलाई एकीकृत गरी तयार पारिएको विधेयकको मस्यौदामाथि दलहरूको सुझाव लिन छलफल आयोजना गरेको हो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार छलफल बिहान साढे ११ बजे सुरु हुनेछ ।

आयोगले उक्त मस्यौदा २०८० असार १८ गते सरकारलाई पठाएको थियो ।

तर, विधेयक लामो समय गृह मन्त्रालयमा विचाराधीन रहेपछि केही परिमार्जनको गृहकार्यसमेत गरिएको थियो । संसद् विघटन भएपछि गृह मन्त्रालयले विधेयक पुनः आयोगमै फिर्ता पठाएको थियो ।

यसअघि आयोगले मस्यौदामा सुझाव माग गर्दै यही वैशाख १५ गते राजनीतिक दलहरूलाई पत्राचार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?